पूर्वप्रधानमन्त्री भट्टराईको फेसबुक पेज गायब

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको फेसबुक पेजमा प्राविधिक समस्या देखिएको छ । उक्त पेज रिकभर गर्ने प्रयास भइरहेको उनको सचिवालयले जानकारी दिएको छ । 

सचिवालयले भनेको छ– ‘पूर्व प्रधानमन्त्री डा‍. बाबुराम भट्टराईको आधिकारिक फेसबुक पेजमा केही प्राविधिक समस्या देखिएको छ। हाल उक्त पेज पुनःप्राप्त (रिकभर) गर्ने प्रयास जारी रहेको जानकारी सम्पूर्णमा अनुरोध छ।’ 

पछिल्लो समय नेपालका चर्चित फेसबुक पेजहरूमा निरन्तर समस्या आइरहेको छ । यसअघि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ फेसबुक पेज पनि हटेको थियो । 

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.