वीपी राजमार्गमा यातायात आवागमन पूर्णरुपमा अबरुद्ध

अविरल वर्षापछि रोशी खोलामा आएको बाढीले बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोक र सिन्धुली खण्डमा ठूलो क्षति पुर्‍याएको छ ।

बाढीले चौकीडाँडा, घुमाउने, चारसय बेँसीलगायत विभिन्न स्थानमा बनाइएका अस्थायी डाइभर्सन बगाउँदा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । सुरक्षा निकायले जोखिम बढेपछि शनिबार दिउँसोदेखि नै काभ्रेको नमोबुद्धस्थित कटुञ्जेदेखि रोशीको मङ्गलटार सडकखण्ड बन्द गराएको जनाएको छ ।

यसअघि पनि बाढीपहिरोका कारण यस सडकखण्डमा पटक–पटक क्षति पुग्दै आएको छ। गत वर्षको बाढीले करिब १८ किलोमिटर सडक बगाएको थियो भने केही समयअघि फेरि ४ किलोमिटर सडक क्षतिग्रस्त भएपछि अस्थायी डाइभर्सन बनाएर यातायात सञ्चालन गरिँदै आएको थियो।

हाल सडक अवरुद्ध भएपछि सवारी साधनहरू धुलिखेलको काभ्रेभन्ज्याङ र सिन्धुलीको नेपालथोकमा रोकिएका छन् । अधिक वर्षा जारी रहेकाले जोखिम अझै कायम रहेको छ। यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न र सतर्क रहन आग्रह गरिएको छ।

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.