सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति गगन थापाको पक्षमा फैसला गरेको छ ।
आज अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले थापा नेतृत्वको कार्यसमितिको पक्षमा फैसला गरेको हो ।
विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कमिटीलाई निर्वाचन आयोगले मान्यता दिएपछि शेरबहादुर देउवा र पूर्णबहादुर खड्का पक्ष माघ ४ गते सर्वोच्चमा रिट लिएर पुगेका थिए ।
