कर्पोरेट

Corporate News and Movements

यामाहा नेपालले देशमै पहिलो पटक हाइब्रिड मोटरसाइकल सार्वजनिक गर्ने 

यामाहा नेपालले देशमै पहिलो पटक हाइब्रिड मोटरसाइकल सार्वजनिक गर्ने भएकाे छ। कम्पनीले FZ सिरिज अन्तर्गत नयाँ मोडेल ल्याउँदै नेपाली बजारमा नयाँ सेगमेन्टको सुरुवात गर्न लागेको हो। कम्पनीका अनुसार उक्त मोटरसाइकलको चैत्र ६ गते सार्वजनिक हुँदैछ । करिब एक दशकदेखि नेपाली बजारमा लोकप्रिय रहँदै आएको FZ सिरिज मजबुत डिजाइन, सन्तुलित प्रदर्शन र भरपर्दो माइलेजका कारण राइडरहरूको […]

Read More

सामसङले सार्वजनिक गर्‍यो ग्यालेक्सी एस २६ सिरिज

नयाँ ग्यालेक्सी एस २६ सिरिज सार्वजनिक गरेको घोषणा गरेको छ। जसले स्मार्टफोनमा नयाँ परिवर्तनको महत्वपूर्ण कदम प्रतिनिधित्व गरेको कम्पनीले बताएको छ। नवीनतम ग्यालेक्सी एआई प्रविधिद्वारा सञ्चालित ग्यालेक्सी एस २६ सिरिज प्रयोगकर्ताको दैनिक जीवनसँग सहज रूपमा घुलमिल हुने गरी अझै सहज, व्यक्तिगत र बुद्धिमान मोबाइल अनुभव प्रदान गर्न डिजाइन गरिएको हो। ग्यालेक्सी एस २६ सिरिजको मूलमा […]

Read More

भिभोको सबैभन्दा ठूलो ७२०० एमएएच ब्याट्री भएको स्मार्टफोन ‘भिभो वाई३१डि’ सार्वजनिक

भिभोले आज आफ्नो अहिलेसम्मकै सबैभन्दा ठूलो ब्याट्री क्षमता भएको नयाँ स्मार्टफोन ‘भिभो वाई ३१डि’ नेपाली बजारमा सार्वजनिक गरेको छ । लामो समय टिक्ने ब्याट्री (एन्ड्युरेन्स), भरपर्दो टिकाउपन (ड्युराबिलिटी) र सहज प्रदर्शनलाई प्राथमिकता दिने प्रयोगकर्ताका लागि डिजाइन गरिएको योे स्मार्टफोनले शक्तिशाली र भरपर्दो दैनिक अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ । यस फोनको मुख्य विशेषता भनेको […]

Read More

ग्यालेक्सी एस२६ अल्ट्रा सार्वजनिक गर्दै सामसङ

दक्षिण कोरियाली प्रविधि कम्पनी सामसङ इलेक्ट्रोनिक्स बुधबार हुन लागेको आफ्नो वार्षिक ग्यालेक्सी अनप्याक्ड समारोहमा नयाँ फ्ल्यागशिप स्मार्टफोन सिरिज सार्वजनिक गर्ने तयारीमा छ । कार्यक्रम अमेरिकाको सान फ्रान्सिस्कोमा नेपाली समयअनुसार राति सुरु हुनेछ । कम्पनीले यसपटक सामसङ ग्यालेक्सी एस२६ अल्ट्रासहित ग्यालेक्सी एस२६ र एस२६ प्लस पनि सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । कार्यक्रम सामसङको आधिकारिक वेबसाइट […]

Read More

यामाहा नेपालको ‘मायासँग मायाको यात्रा’ सम्पन्न: सातै प्रदेशका विजेतालाई विशेष सम्मान र पुरस्कार

यामाहा नेपालले विशेष भ्यालेन्टाइन सप्ताह अभियान “मायासँग मायाको यात्रा” मार्फत देशभर प्रेम र खुसी बाँडेको छ। यस अभियानले प्रेमको भावनालाई उत्सवका रूपमा मनाउँदै यामाहाको ग्राहक–केन्द्रित सोच र देशव्यापी उपस्थितिलाई बलियो बनाएको छ। अभियानले नेपालको सातै प्रदेश समेट्दै यामाहाको पहुँचलाई व्यापक बनाएको छ। अभियान अन्तर्गत यामाहाले आफ्नो सवारी साधन हस्तान्तरण प्रक्रियामा मिठास र सम्झनायोग्य स्पर्श थपेको […]

Read More

प्राइड क्यासिनो लुटपाट प्रकरण : १० जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौंको बौद्धस्थित पाँचतारे होटल ‘ह्यात रेजन्सी’ मा सञ्चालन रहेको ‘प्राइड इन्टरटेन्टमेन्ट रिक्रेसन सेन्टर’ नामक क्यासिनोमा भएको लुटपाट घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका १० जना प्रतिवादीहरूलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतले मंगलबार आपराधिक उपद्रव तथा डाँका मुद्दामा दावा सेट्ठी भनिने दावा शेर्पा सहित १० जनालाई पुर्पक्षका लागि थुनामा […]

Read More

इनड्राइभद्वारा नेपालमा ड्राइभर पार्टनर्सका लागि ०.०१ प्रतिशत सेवा शुल्क लागू

विश्वव्यापी मोबिलिटी तथा अर्बन सेवा प्लेटफर्म इनड्राइभले नेपालका आफ्ना ड्राइभर पार्टनर्सका लागि अत्यन्त न्यून ०.०१ प्रतिशत सेवा शुल्क लागू गरेको घोषणा गरेको छ । फेब्रुअरी २०२६ देखि लागू भएको यस पहलले ड्राइभर पार्टनर्सलाई आफ्नो आम्दानीको लगभग सम्पूर्ण हिस्सा सुरक्षित राख्न सहयोग पुर्याउनेछ, जसले उनीहरूको आर्थिक सशक्तिकरणलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ । इनड्राइभको विशिष्ट […]

Read More

पोखरामा Khalti by IME को ‘Agent अन्तरक्रिया’ सम्पन्न, १७० भन्दा बढी एजेन्ट सहभागी

Khalti by IMEले शनिबार पोखराको White House Party Palaceमा ‘एजेन्ट अन्तरक्रिया’ कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा १७० भन्दा बढी एजेन्टहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ। मर्जरपछिको नयाँ कार्यदिशा, सेवा विस्तार तथा एजेन्ट सञ्जाल सुदृढीकरणमा केन्द्रित कार्यक्रममा केन्द्रीय कार्यालयबाट चिफ बिजनेस अफिसर आशिष गौतम, असिस्टेन्ट चिफ बिजनेस अफिसर निशान्त बि.सी., दिनेश वस्ती तथा विजय सुबेदी […]

Read More

अर्धवार्षिक समीक्षामार्फत सुधारका योजना सार्वजनिक .

अर्थ मन्त्रालयका अनुसार चालु आवका लागि कूल रु १९ खर्ब ६४ अर्ब ११ करोड बजेट विनियोजन गरिएकामा पुस मसान्तसम्म रु ६ खर्ब ९० अर्ब २१ करोड ७८ लाख खर्च भएको छ । जुन कूल बजेटको ३५ दशमलव १४ प्रतिशत हो । खर्चको संरचना हेर्दा विनियोजित रकममध्ये चालु खर्च (वित्तीय हस्तान्तरणसहित) ४१ दशमलव २५ प्रतिशत, पुँजीगत […]

Read More

नेपालगञ्जमा विद्युतीय ट्याक्सी ‘ई–ड्राइभ नेपाल’को सेवा शुभारम्भ

लुम्बिनी प्रदेशमै पहिलो अनलाइन माध्यमबाट सञ्चालन हुने ट्याक्सी तथा मोटरसाइकल सेवा ‘ई–ड्राइभ नेपाल’ले आजदेखि नेपालगञ्जमा औपचारिक रूपमा आफ्नो सेवा शुभारम्भ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त बिष्टले आज उक्त सेवाको शुभारम्भ गरेका हुन । उक्त सेवा आजदेखि बाँके र बर्दियामा सुरु भएको हो । सो अवसरमा नगरप्रमुख बिष्टले भने, “प्रविधिमैत्री यस्ता सेवाले सहरको यातायात […]

Read More

भृकुटीमण्डपमा ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ सुरु

नेपालको निर्माण क्षेत्रको विकासमा केन्द्रित ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’को एघारौँ संस्करण काठमाडौंको भृकुटीमण्डप स्थित प्रदर्शनी स्थलमा औपचारिक रूपमा उद्घाटन गरिएको छ। प्रदर्शनी माघ २५ गतेसम्म सञ्चालन हुनेछ। निर्माण क्षेत्रसँग सम्बन्धित स्वदेशी तथा विदेशी प्रविधि, सामग्री र सेवाहरूलाई एउटै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यका साथ आयोजना गरिएको यस प्रदर्शनीमा ३०० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डको सहभागिता […]

Read More

कोटेश्वर भाटभटेनी सुपरमार्केट पुनः सञ्चालनमा

भाटभटेनी सुपरमार्केटले जेनजी आन्दोलनमा आगलागीबाट क्षतिग्रस्त आफ्ना स्टोरमध्ये पहिलो चरणमा कोटेश्वर सुपरस्टोर पुनः सञ्चालनमा ल्याएको छ । २४ माघ शनिबार बिहान १० बजेदेखि कोटेश्व भाटभटेनी पुनः सञ्चालनमा आउने घोषणा भाटभटेनीले गरेको छ । यो पुनः सञ्चालनले भाटभटेनीको पुनर्निर्माण, सेवाप्रति प्रतिबद्धता र समुदायप्रतिको उत्तरदायित्वलाई स्पष्ट प्रतिविम्बित गर्दछ । भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडलका अनुसार हालैको […]

Read More