Breaking News
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ स्थित पिपिराचोकमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको ज्यान गएको छ। कर्णाली प्रदेश ०२–००२ प ३२७१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा वीरेन्द्रनगर–१३ निवासी ७० वर्षीया लक्ष्मी लामिछानेको मृत्यु भएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक रोहितकुमार शाहीका अनुसार मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी लामिछानेको प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो। […]
Read More
सिन्धुली जिल्लाको घ्याङलेख गाउँपालिका–हायुटारस्थित नेपाल एसबीआई बैंकको शाखामा मङ्गलबार साँझ हतियारधारी समूहले लुटपाट गरेको छ। बनेपातर्फबाट आएको टाटा सुमोमा सवार करिब पाँच जना नकाबधारी लुटेराहरूले बैंकमा प्रवेश गरी सुरक्षागार्ड र कर्मचारीलाई नियन्त्रणमा लिएर करिब ३ करोड ७ लाख रुपैयाँ लुटेर फरार भएको प्रहरीले जनाएको छ। लुटेराहरूले बैंकका सुरक्षागार्डलाई पेस्तोल देखाएर नियन्त्रणमा लिई हातखुट्टा बाँध्नुका साथै […]
Read More
नेपाल एसबिआई बैंकको सिन्धुलीको घ्याङलेख स्थित गाउँपालिकामा रहेको शाखा लुटिएको छ । बेलुकी तिर आएका लुटेराले सुरक्षा गार्डको हात काटिदिएका छन् भने कर्मचारीलाई बाँधेर पैसा लुटेर लागेका छन् । स्थानीय बिर्ख वाइवा तामाङ्गका अनुसार बैंक लुटेराहरु बैंक लुटेर भागेका छन् भने हात काटिएका सुरक्षा गार्डलाई उपचारका लागि अस्पताल लगिएको छ । घटनाको थप विवरण आउन […]
Read More
नेपाली कांग्रेसका नेता सुनिल शर्माले पार्टी गम्भीर संकटको मोडमा उभिएको बताएका छन् । मंगलबार काठमाण्डुमा आयोजित विशेष पत्रकार सम्मेलनमा नेता शर्माले मुलुकभरका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विधानसम्मत ढंगले विशेष महाधिवेशन बोलाउन हस्ताक्षर गरी आग्रह गरे पनि केही पदाधिकारी र केन्द्रीय समितिका सदस्यहरूले त्यसलाई बेवास्ता गरेको आरोप लगाए । विशेष महाधिवेशन नबोलाइँदा अहिलेको अवस्था सिर्जना भएको […]
Read More
नेपाली कांग्रेसमा देखिएको विवाद समाधानका लागि भएको त्रिपक्षीय बैठक दिउँसो बस्ने गरी हालका लागि टुंगिएको छ । पार्टीभित्र एक पक्षले विशेष महाधिवेशन आह्वान गरेर जारी राखेको छ भने अर्को पक्षले विशेष महाधिवेशनलाई स्वीकार्न तयार भएको छैन । पार्टीमा सहमति खोज्नका लागि विहानदेखि तीन पक्षका नेताहरु संवादमा जुटेका थिए । वार्तामा सहभागी विशेष महाधिवेशन पक्षधर नेता […]
Read More
भारतको हिमाचल प्रदेशको अर्की क्षेत्रमा भएको ग्यास सिलिन्डर विस्फोटले सल्यानको सिद्धकुमाख गाउँपालिका वडा नम्बर २ टाकुरामा कहिल्यै नमेटिने पीडा छोडेको छ । एउटै गाउँका दुई परिवारका ९ जना सदस्यको एकैपटक निधन भएपछि यतिबेला पूरै गाउँ शोकमा डुबेको छ । सोमबार राति करिब २ बजेतिर उनीहरू सुतिरहेको कोठामा राखिएको ग्यास सिलिन्डर अचानक विस्फोट हुँदा आगलागीसमेत भएको […]
Read More
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बिहान ११ः०० बजे हुने भनिएको बैठक अपराह्न १ः०० बजे बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने बैठकमा पार्टीको पछिल्लो परिस्थितिका बारेमा छलफल हुने बताइएको छ। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र सातवटै प्रदेशका सभापतिको उपस्थितिका लागि अनुरोध गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
Read More
पुर्वराजा ज्ञानेन्द्र शाह भारत भ्रमणमा जाने भएका छन् । पुर्वराजा शाह यसैसाता भारतको लखनउ जाने भएका हुन् । झापामा रहेका शाह जनकपुर आएर भारत प्रस्थान गर्ने तयारी रहेको स्रोतले बतायो । शाह किन भारत जाँदैछन् भन्नेबारे खुलाइएको छैन । पूर्वराजा शाहले समय–समयमा धार्मिक, पारिवारिक र अन्य निजी भेटघाटका लागि भारत भ्रमण गर्दै आएका छन् । […]
Read More
सुन र चाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा एक हजार आठ सय रुपैयाँले बढेर दुई लाख ७६ हजार ५०० रुपैयाँ कायम भएको छ। यसअघि सोमबार सुत तोलाको २ लाख ७४ हजार ७०० मा कारोबार भएको थियो। यस्तै चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ। मंगलबार […]
Read More