Breaking News
नेपालको आर्थिक वृद्धि दर ऐतिहासिक रूपमा औसत ४ प्रतिशत हाराहारीमा रहेको देखिएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सावर्जनिक गरेको म्याक्रो इकोनोमिक रिर्पोट अनुसार १९८६ देखि १९९५ सम्मको दशकलाई आर्थिक विस्तारको कालखण्ड मानिन्छ, जहाँ औसत वृद्धि दर सम्भावित वृद्धि दर ४.३ प्रतिशतभन्दा माथि पुगेको थियो । त्यसपछिका वर्षहरूमा वृद्धि दर सम्भावित स्तर वरिपरि स्थिर देखिए […]
Read More
गृह मन्त्रालयले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आज बिहान मन्त्रालयमा बसेको ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँगको भर्चुअल बैठकमा निर्वाचनको सुरक्षा, व्यवस्थापनलगायत सम्पूर्ण व्यवस्थापकीय काम पूरा भएको जनाएको हो । गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा मन्त्रालयका उच्च अधिकारीसहित ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको भर्चुअल बैठकले सबै […]
Read More
मध्यपूर्वमा जारी युद्ध पाँचौँ दिनमा प्रवेश गर्दा इरानले विश्व ऊर्जा आपूर्तिको प्रमुख मार्ग होर्मुज जलडमरूमध्यमा ‘पूर्ण नियन्त्रण’ रहेको दाबी गरेको छ । यसैबिच इजरायलले इरान र लेबनानमा नयाँ आक्रमण सुरु गरेको जनाएको छ, जसले क्षेत्रीय तनाव थप चर्किएको सङ्केत दिएको छ । इरानको रिभोलुसनरी गाड्र्सले होर्मुज हुँदै आवतजावत गर्ने कुनै पनि जहाज मिसाइल वा ड्रोन […]
Read More
कतारी सरकारी समाचार एजेन्सीले बुधबार बिहान भन्यो कि कतारी सुरक्षा बलले इरानी इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आइआरजीसी)सँग सम्बन्धित दुई युनिटका केही सदस्यहरूलाई पक्राउ गरेको छ। सात संदिग्धलाई महत्त्वपूर्ण सैन्य संरचनाको जानकारी सङ्कलन गर्न जासुसीका लागि खटाइएको थियो भने अन्य तीन जनालाई ड्रोन सञ्चालन तालिम दिइएको थियो। सोधपुछमा अभियुक्तहरूले आइआरजीसीसँगको सम्बन्ध र जासुसी तथा तोडफोडका मिशनमा […]
Read More
भोलि फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका सन्दर्भमा प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएकी छन्। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बस्ने रहेकी प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए। ‘प्रधानमन्त्रीज्यूको अध्यक्षतामा बस्ने बैठकमा निर्वाचनको तयारी, शान्ति सुरक्षालगायत समसामयिक विषयमा छलफल हुने कार्यक्रम छ’, रावलले नेपालखबरसँ भने। प्रधानमन्त्री अध्यक्ष रहने राष्ट्रिय सुरक्षा परिषद्मा गृहमन्त्री, […]
Read More
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १४६ रुपैयाँ ६६ पैसा छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ २० पैसा र बिक्रीदर १६९ रुपैयाँ ९० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ८५ पैसा र बिक्रीदर […]
Read More
मतदान गर्न जाँदा मतदाताले आफ्नो मतदाता परिचयपत्र अनिवार्य रूपमा लैजानुपर्ने निर्वाचन आयोगले बताएको छ । मङ्गलवार सञ्चारकर्मीहरूसँग कुरा गर्दै आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मतदाताहरूको सहजताका लागि मतदान प्रक्रिया र आवश्यक कागजातहरूको बारेमा स्पष्ट जानकारी गराएका हुन् । मतदाता शिक्षा कार्यक्रम अन्तर्गत डिजिटल माध्यम र स्वयं सेवकहरूमार्फत घर–टोलमै पुगेर शिक्षा प्रदान गरिएको प्रवक्ता भट्टराईले बताए । […]
Read More
नगरकोटबाट सुडालतर्फ आउँदै गरेको बा५च ७८८१ नम्बरको निजी कार चाँगुनारायण नगरपालिका–८ जितपुरस्थित वडा कार्यालय नजिक सडकमा भएको दुर्घटनामा घाइते पाँचमध्ये तीन जनाको आज मृत्यु भएको छ । सोमबार दिउँसो भएको दुर्घटनामा गम्भीर घाइतेमध्ये काठमाडौँ महानगरपालिका–३२ जडीबुटीका ५५ वर्षीय योगेन्द्र प्रधान, ४८ वर्षीय सुरेन्द्र प्रधान र ५५ वर्षीया कृष्णमाया प्रधानको उपचारको क्रममा आज मृत्यु भएको भक्तपुर […]
Read More
फागुन २१ को निर्वाचनलाई मध्यनगर गरी इलामको पशुपतिनगर नाका आज रातिदेखि बन्द गरिदै छ । निर्वाचनको लागि मौन अवधि सुरु भएदेखि फागुन २१ गते साँझ ५ बजेसम्मका लागि पशुपतिनगरसहितको सीमा बन्द (शील) गर्न लागिएको हो । निर्वाचनको समयमा सुरक्षालाई मध्यनजर गरी नेपाल–भारत सीमा क्षेत्रबाट सम्पूर्ण आउजाउ बन्द गरी आज रातिदेखि सिमा शील गरिने इलामका प्रमुख […]
Read More
यस वर्षको होली र निर्वाचनको बिदाका दिन पनि सीमित बैकिङ सेवा सञ्चालनमा राख्न राष्ट्र बैंकले निर्देशन दिएको छ । आइतबार सूचना जारी गरेर राष्ट्र बैंकले सीमित बैकिङ कारोबार खुला राख्न निर्देशन दिएको हो । निर्देशनअनुसार बिदाका दिनमा पनि बैंक तथा वित्तीय संस्थाले सरकारी कारोबार गर्न तोकिएका वाणिज्य बैंकहरुद्धारा भुक्तानी व्यवस्था र राजस्व दाखिला र निर्वाचन […]
Read More
राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले प्रसाईंलाई हिरासतमा राख्न अनुमति दिएको हो । आइतबार मात्रै प्रसाईं भक्तपुरस्थित आफ्नो निवासबाट पक्राउ परेका थिए । उनीविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान अघि बढाइएको छ । प्रसाईं पछिल्लोपटक फागुन ४ मा […]
Read More
नेपाल राष्ट्र बैंकले आज निक्षेप संकलन उपकरणमार्फत १ खर्ब १० अर्ब रुपैयाा झिक्न लागेको छ । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत आज उल्लेखित रकम झिक्न थालेको हो । सोही क्रममा आज ८७ दिनका लागि १ खर्ब १० अर्ब रुपैयाा झिक्न लागेको राष्ट्र बैंकले जनाएको […]
Read More