परराष्ट्र मन्त्री शिशिर खनालले आफ्नो सम्पत्ति विवरण सार्वजनि गरेका छन्। आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार खनालको काठमाडौंको टोखामा ६ आनामा बनेको घर छ। त्यो उनको पैत्रिक सम्पत्ति हो। जग्गा बुवा सूर्यभक्त खनालको नाममा छ।
खनालको तनहुँको भानु-७ मा १५ रोपनी, पूर्वी नवलपुरको देवचुली-२ मा १३ रोपनी, नेपालगञ्ज-२ मा ३ कट्ठा जग्गाजमिन छ। यो सबै पैत्रिक सम्पत्ति हो। सबै बुवाको नाममा छ। मन्त्री खनालसँग सुन २२ तोला, चाँदी २५ तोला, नगद १० लाख मौज्दात छ।
त्यस्तै नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा ३ लाख २० हजार ५४७, नबिल बैंकमा २ लाख १ हजार ४०५, राष्ट्रिय वाणिज्य बैंकमा २ लाख ६८ हजार १४१, एनआइसी एसियामा ४ लाख ५१ हजार २९०, ग्लोबल आइएमइमा ४३ हजार ८०३, नबिल बैंककै अर्को खातामा ४ हजार ८८२ रुपैयाँ मौज्दात छ।
उनको नाममा पिक एण्ड ड्रप नेपालको ३३, रिग्पा इन्टरनेशनल प्राइभेट लिमिटेडको १००, ताजा एग्रो फार्मको १६ प्रतिशत सेयर छ।
बिडब्लुपी माइक्रो फाइनान्सको २५६०, ओम मेघाश्री फर्माक्युटिकल्सको ५०००, ग्लोबल आइएमइको १०९ र नबिल बैंकको ५० कित्ता कित्ता सेयर छ।
यसबाहेक १६ विभिन्न कम्पनीको सेयर छ।
उनले विभिन्न मितिमा २० लाख, ५५ लाख, २५ लाख बैंक, व्यक्तिगत माध्यमबाट ऋण लिएर भुक्तानी गर्न बाँकी रहेको बताएका छन्।
