परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ।

मरिससमा आयोजना भएको हिन्द महासागर सम्मेलनमा सहभागी हुने क्रममा शुक्रबार खनाल र जयशंकरबीच भेटवार्ता भएको हो।

भेटका अवसरमा दुवै पक्षबीच विद्यमान साझेदारीलाई थप उचाइमा पुर्‍याउने विषयमा छलफल भएको बताइएको छ।

‘दुवै मुलुकबीच विद्यमान साझेदारीलाई थप उचाइमा पु¥याउने यसको पूर्ण क्षमतालाई उपयोग गर्ने विषयमा गहन छलफल भएको छ,’ भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जालमा लेखेका छन्।

भेटका अवसरमा विदेशमन्त्री जयशंकरले नवनियुक्त परराष्ट्रमन्त्री खनाललाई बधाइ दिएका थिए।

मसिसमा आयोजना भएको हिन्द महासागर सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री खनाल बिहीबार त्यसतर्फ गएका हुन्। भारतका विदेशमन्त्री जयशंकरको निमन्त्रणमा खनाल उनी मरिसस गएका हुन्।

‘हिन्द महासागर शासनका लागि सामूहिक संरक्षत्व’ शीर्षकमा आयोजना गरिएको सम्मेलन शनिबारसम्म चल्नेछ। सम्मेलनमा परराष्ट्रमन्त्री खनालले नेपालको राष्ट्रिय धारणा प्रस्तुत गर्नेछन्।

उनको चैत ३० गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *