दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) बाट नेपाल क्रिकेट सङ्घ (क्यान) लाई ४७ करोड ३६ लाख रुपियाँभन्दा बढी नाफा भएको छ ।
क्यानको सोमबार बसेको कार्यसमिति बैठकले एनपिएलको आम्दानी र खर्चको हिसाव पारित गरेको हो । वैठकमा क्यानको अधिकार सम्पन्न नेपाल प्रिमियर लिग परिचालन परिषद (गभर्निङ काउन्सील)ले हिसाब पेश गरेको थियो ।
क्यानका अनुसार प्रतियोगितामा २१ करोड ९६ लाख पाँच हजार एक सय २१ रुपियाँ खर्च भएको छ । विभिन्न फ्रेन्चाइज टिमहरुलाई रकम प्रदान गरेपछि क्यानलाई नौ करोड २१ लाख २१ हजार ९३५रुपियाँ बचत भएको पनि उल्लेख छ ।
क्यान कार्यसमिति बैठकले सन् २०२६ को वार्षिक कार्यक्रम र बजेट अनुमोदन गर्नुका साथै विभिन्न निर्णय पनि गरेको छ ।

