दीपक भट्टलाई १० दिन म्याद थप

जिल्ला अदालत काठमाडौंले सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका व्यापारी दीपक भट्टलाई १० दिन थुनामा राख्न अनुमति दिएको छ । जिल्ला न्यायाधीश माधवप्रसाद सुवेदीको इजलासले पहिलोपटक १० दिन म्याद थप गरेको हो ।

जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद सुवेदीकाे इजलासले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दिएकाे निवेदनमा हिरासतमा राखि अनुसन्धान गर्नेगरी १० दिन म्याद थपको आदेश दिएको हाे ।

उनलाई बिहीबार दिउँसो प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौंको नक्साल क्षेत्रबाट पक्राउ गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *