रविलाइ वारेसमार्फत मुद्दा लड्ने अनुमति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सानो पाइला बचत तथा ऋण सहकारी ठगी प्रकरणमा वारेसमार्फत मुद्दा लड्न पाउने भएका छन्।

लामिछानेले बुधबार पर्सा जिल्ला अदालत पुगेर तारेख बुझ्दा वारेस पाउन पनि अनुरोध गरेका थिए। बिहीबार न्यायाधीश सुमन कुमार न्यौपानेको इजलासले यस अनुरोधलाई स्वीकृत गर्दै आदेश जारी गरेको हो।

अदालतका अनुसार, लामिछानेले तारेख बुझिसकेकाले अब वारेसमार्फत मुद्दा प्रतिनिधित्व गर्न सक्नेछन् र प्रत्यक्ष रूपमा पर्सा अदालतमा उपस्थित हुन आवश्यक छैन।

यो प्रकरण पर्सा जिल्लामा दर्ता भएको सानो पाइला सहकारी ठगीसँग सम्बन्धित छ। रवि लामिछाने फागुन २१ गतेको निर्वाचनमा चितवन-२ बाट निर्वाचित सांसद हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *