हवाई इन्धनमा मूल्य बढ्यो

मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको छ। नेपाल आयल निगम सञ्चालक समितिको ३१ मार्च २०२६ को निर्णयअनुसार उपभोक्ताको हितलाई ध्यानमा राख्दै मूल्य स्थिरीकरण कोष प्रयोग गरेर हवाई इन्धनमा मूल्य समायोजन गरिएको छ।

मूल्य समायोजन गर्दा आन्तरिक हवाई इन्धन प्रति लिटर रु १२४, अन्तर्राष्ट्रिय हवाई इन्धन (काठमाडौं) प्रति किलो लिटर अमेरिकी डलर ८१९ कायम भएको छ । पोखरा र भैरहवा ब्रेकइभेन मूल्यमा बिक्री मूल्य निर्धारण गरेको छ।

नेपाल आयल निगमले पछिल्लो पटक २५ मार्च २०२६ मा पेट्रोलमा प्रति लिटर रु। १५ र डिजेलमा प्रति लिटर रु १५ मात्र मूल्य समायोजन गरेको थियो। तर १६ मार्चमा भारतीय आयल कर्पोरेशनबाट प्राप्त नयाँ मूल्यअनुसार समायोजन गर्न नसक्दा निगमलाई ठूलो घाटा रहेको निगमले जनाएको छ।

१६ मार्चदेखि ३१ मार्चसम्म निगमलाई करिब ५ अर्ब रुपैयाँ घाटा भएको छ। पेट्रोलमा प्रति लिटर रु ४७.१२, डिजेलमा रु १३३.४५ र एलपी ग्यासमा प्रति सिलिन्डर रु ४१६.३७ घाटा भइरहेको निगमले जनाएको छ। कुल घाटा हालसम्म १३ अर्ब २१ करोड रुपैयाँ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *