सर्वोच्चबाट बिदा भए प्रधानन्यायाधीश राउत

सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंहलाई बिदाइ गरिएको छ ।

६५ वर्षे उमेर हदका कारण कार्यकाल सकिएपछि अदालतबाट उनलाई बिदाइ गरिएको हो । अब वरिष्ठताको रोलक्रममा रहेकी सपना प्रधान मल्लले कार्यवाहक प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै छिन् ।

डेढ वर्षअघि न्यायपालिकाको नेतृत्व लिँदै सिंहले आफूले कर्तव्य र निष्ठामा आँच आउन नदिने वाचा गरेका थिए । त्यसअनुसार उनले पुराना मुद्दा टुंगाउने प्रयत्न गरे । २३ र २४ भदौमा जेन-जी आन्दोलनले न्यायपालिकामा भएको आक्रमणले मुद्दा फर्छ्योटमै असर पुगेको छ ।

जेन-जी आन्दोलनपछि मुद्दा छिन्नमा तटस्थ देखिएका प्रधानन्यायाधीश राउत कतिपय मुद्दा थाती राखेर बिदा भएका छन् । जस्तै, संसद् पुन:स्थापनाका पक्षमा परेका मुद्दामा सुनुवाइ हुन सकेन । नेपाली कांग्रेसभित्रको विवादको विषय पनि विचाराधीन छ ।

त्यसैगरी, महान्यायाधिवक्ता सविता भण्डारीको निर्णयविरुद्धका मुद्दा पनि बाँकी नै छन्। आफू बाहिरिने बेला उनले अदालतमा विचाराधीन मुद्दामा जोखिम मोल्न चाहेनन् ।

जेन-जी आन्दोलनअघि भने विभिन्न जिल्ला अदालतमा छड्‌के जाँच गर्दै सुधारका काम थालेका थिए । आफ्नो इमानदारी र निष्ठा डगमगाउन नदिएका प्रधानन्यायाधीश राउतले आठ वर्ष पुराना मुद्दा शून्यमा झार्न सफल भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *