मुग्लिन-नागढुंगा सडक ३ दिन रातिको समयमा बन्द

ग्लिङ–मलेखु सडक खण्ड रातिको समयमा सडक पूर्ण रुपमा बन्द गरिने भएको छ।

यस सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–६ मा पर्ने घोप्टे भिर क्षेत्रमा भइरहेको भित्ता कटिङ कार्यलाई सुरक्षित र व्यवस्थित बनाउन रातको समायमा राजमार्ग पूर्णरुपमा बन्द गर्न लागिएको हो। 

इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङको उपस्थितिमा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको निर्देशनमा मंगलबार (भोलि) देखि लागू हुने गरी लगातार तीन दिनसम्म सडक बन्द गर्ने निर्णय गरिएको हो।  

राति १० बजेदेखि बिहान ४ बजेसम्म उक्त सडक खण्ड पूर्ण रुपमा बन्द रहनेछ। यस अवधिमा थप उपकरण प्रयोग गरी भित्ता कटिङको काम तीव्र बनाइने जनाइएको छ।

यसअघि निर्माण कम्पनीले दिनको समयमा पटक–पटक सडक बन्द गर्दा यात्रुहरुले सास्ती भोग्नुपरेको थियो।

सोही समस्यालाई मध्यनजर गर्दै रातिको समयमा मात्र काम गर्ने व्यवस्था मिलाइएको हो। प्रशासनले यात्रु तथा सवारी चालकहरुलाई सो समयावधिमा यात्रा नगर्न तथा वैकल्पिक मार्ग वा समय प्रयोग गर्न अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *