नेकपा एमालेले सरकारविरुद्ध आज पनि प्रदर्शन जारी राखेको छ । अध्यक्ष केपी शर्मा ओलीलाई राजनीतिक प्रतिशोधका आधारमा गैरकानुनी रूपमा पक्राउ गरिएको भन्दै एमालेले विरोध प्रदर्शन गरिरहेको हो ।
पार्टीका नेता–कार्यकर्ताहरू माइतीघरमा भेला भएर बबरमहलतर्फ जुलुस निकालिरहेका छन् । यसअघि पार्टी सचिव महेश बस्नेतले प्रदर्शनमा सहभागी हुन कार्यकर्तालाई आह्वान गरेका थिए ।
