प्रधानमन्त्री बालेन शाहले सांसदहरूसँग छलफल, श्रम संस्कृति पार्टीको भने बहिस्कार

प्रधानमन्त्री बालेन शाहले सांसदहरूसँग छलफल थालेका छन् । सुरुमा कोशीका सांसदहरूसँग जिल्लाका समस्या र समाधानको सुझाव मागसहित छलफल थालेका छन् । बैठकमा रास्वपा, नेकपा एमाले, कांग्रेस र नेकपाका सांसद उपस्थित हुँदा श्रम संस्कृति पार्टीले भने बहिस्कार गरेको छ ।

संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उक्त निमन्त्रणालाई अस्वीकार गर्दै संसद् बैठक नै सर्वोपरि भएको धारणा सार्वजनिक गरेका छन्। साम्पाङले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै संसद् बैठक नबोलाई सानो घेराभित्र छलफल गर्नु उचित नभएको बताएका छन्। “प्रधानमन्त्रीले सदन बोलाउन पहल गर्नुको सट्टा कोठे बैठक बोलाउनुको कारण बुझ्न सकिएको छैन,” उनले भनेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *