नवनिर्वाचित सांसदलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन

संघीय संसद सचिवालय ले नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुलाई आगामी जेठ १० गतेभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ।

सचिवालयका अनुसार सांसदहरुले आफ्नो तथा परिवारको नाममा रहेको आर्थिक वर्ष २०८१/८२ सम्मको अद्यावधिक सम्पत्ति विवरण अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।

सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सार्वजनिक पद धारण गरेको मितिबाट ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने कानुनी व्यवस्था छ। प्रतिनिधि सभा सदस्यहरुले चैत १२ गते शपथ लिएकाले सोही मितिबाट समय गणना सुरु भएको जनाइएको छ।

सांसदहरुले सम्पत्ति विवरण खामबन्दी गरी गोप्य रूपमा सचिवालयमा बुझाउनुपर्नेछ। सचिवालयले उक्त विवरण पूर्ण रूपमा गोप्य रहने र अदालतको आदेशबाहेक अन्य अवस्थामा सार्वजनिक नहुने स्पष्ट पारेको छ।

यो व्यवस्था भ्रष्टाचार निवारण ऐन, २०५९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ कार्यान्वयनका लागि लागू गरिएको हो। यसअघि संघीय संसद सचिवालयले राष्ट्रिय सभा सदस्यहरुलाई पनि यस्तै निर्देशन जारी गरिसकेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *