विभिन्न राइड सेयरिङ कम्पनीहरूले चालकहरूमाथि श्रम शोषण गरेको भन्दै राइडरहरू आन्दोलित भएका छन् ।
’स्वतन्त्र चालक फाउन्डेसन नेपाल’को आयोजनामा काठमाण्डुको माइतीघर मण्डलामा भेला भई विभिन्न स्थानमा प्रर्दशन गरेका हुन् ।
प्रदर्शनकारीहरु मोटरसाइकल र स्कुटरसहित विरोधमा उत्रिएका हुन् ।
पेट्रोलको मूल्य बढेसँगै भाडा समायोजन गर्नु पर्ने जस्ता माग राखेका उनीहरूले बीमा राम्रोसँग लागू गर्नु पर्ने, कम्पनीले कमिसन घटाउनु पर्ने लगायतका माग पनि अघि सारेका छन् ।
माइतीघरमा मोटरसाइकलसहित भेला भएर उनीहरूले मोटरसाइकल र्याली गर्दै सहरका विभिन्न स्थान परिक्रमा गरेका छन् ।
