कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
सम्पत्ति शुद्धीकरण अन्तर्गत अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आज आइतबार खड्कालाई पक्राउ गरेको थियो । भदौ २४ गते प्रदर्शनकारीहरूले बूढानीलकण्ठस्थित उनको घर जलाइदिएका थिए। उनको घरबाट लाखौं रूपैयाँ भेटिएको भन्दै पैसा उडाइएको भिडिओ पनि त्यतिबेला सार्वजनिक भएको थियो।
