ओली र लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

नेकपा एमाले अध्यक्ष केपी शर्मा र काँग्रेस नेता रमेश लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले ओली र लेखकलाई पाँच दिनको म्याद थप गर्न अनुमति दिएको हो ।

आजको इजलासमा ओलीलाई भिडियो कन्फेरेन्सको माध्यमबाट अदालतमा उपस्थित गराइएको थियो भने काँग्रेस नेता लेखक उपस्थित भएका थिए ।

जिल्ला सरकारी वकिलको कार्यालयले ओली र लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न समय माग गरेको थियो ।

शनिबार पक्राउ परेपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *