मन्त्रिपरिषद्को बैठक दिउँसो २ बजे बस्ने भएको छ । विविध विषयमा छलफलका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलय सिंहदरबारमा २ बजे बैठक बस्न लागिएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन् ।
सरकार बनेगलत्तै तत्काल गर्न सकिने सुधारका एक सयवटा कार्यक्रम अघिल्लो मन्त्रिपरिषद्को निर्णयअनुसार शनिबार राति सार्वजनिक भएको थियो । साथै बैठकको पहिलो निर्णयबाटै गौरबहादुर कार्की नेतृत्वको जेन–जी जाँचबुझ आयोगको प्रतिवेदनलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो ।
