देशका विभिन्न क्षेत्रमा मेघगर्जनसहित मध्यम वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी प्रदेशका पहाडी भू-भागको थोरै स्थानमा तथा कोशी र बागमती प्रदेशका हिमाली भू-भागको एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा भइरहेको छ ।
साथै, आज राति देशको हिमाली भू-भागका थोरै स्थानमा मध्यम हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
कोशी, बागमती, गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थान तथा बाँकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
