कर्णाली प्रदेश सभा बैठक चैत्र ५ गते बस्ने

 माघ २५ गते विपक्षी दलद्वारा अवरुद्ध गरेपछि स्थगित कर्णाली प्रदेश सभा बैठक चैत्र ५ गते बस्ने भएको छ।

‎प्रदेश सभा सचिवालयले शुक्रबार एक सूचना जारी गर्दै बैठक बस्नेबारे जानकारी गराएको हो ।

‎प्रदेश सभा सचिव जीवराज बुढाथोकीद्वारा जारी सूचनामा भनिएको छ, ‘माघ २५ गते आइतबार बसेको कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको सातौँ अधिवेशनको चौथो बैठकमा सभाको आगामी बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएकोमा सभाको आगामी बैठक चैत्र ५ गते बिहीबार दिनको ३:०० बजे बस्ने छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *