‘जेन-जी अलायन्स फर मोनार्की’ ले जेनजी घटना जाँचबुझ आयोगको पूर्ण प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको छ ।
एक प्रेस विज्ञप्ति जारी गर्दै अलायन्सले प्रतिवेदन सरकारको हातमा पुगिसकेकाले अब कुनै बहाना नगरी २४ घण्टाभित्र नेपाली जनतासमक्ष सार्वजनिक गर्न माग गरेको छ ।
‘हामीले कुनै पनि त्यस्तो संस्करण स्वीकार गर्ने छैनौँ जुन सम्पादन, संक्षेपण वा राजनीतिक स्वार्थअनुकूल परिवर्तन गरिएको होस्,’ अलायन्सका प्रवक्ता सनातम रिजालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।
सरकारले २४ घण्टाभित्र प्रतिवेदन सार्वजनिक नगरे वा छेडछाड गरी अपूर्ण संस्करण प्रस्तुत गरे देश थप अन्योल र अराजकताको बाटोमा मोडिने जेन-जी जेन-जी अलायन्स फर मोनार्कीको चेतावनी छ ।
