निर्वाचनकाे ४८ घण्टा अघि राष्ट्रिय स्वतन्त्र पार्टीलाई ठुलाे धक्का लागेकाे छ ।
पार्टीले मधेश प्रदेशकाे धनुषाबाट मतदान नहुँदै एक सिट गुमाएकाे छ ।
निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गरेको हाे ।
बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाण पुगेपछि उनको उम्मेदवारी खारेज भएको आयोगका प्रमुख आयुक्त रामप्रसाद भण्डारीले संचार माध्यमहरूलाई बताएका छन् ।
कर्जा सूचना केन्द्रको अद्यावधिक विवरण अनुसार कमल निर्माण सेवा प्रालिका शेयरधनी रहेका किशोरी विभिन्न समय बैकिङ कसुरमा कालाेसूचीमा रहेकाे आयोगले जनाएकाे छ ।
