जनकपुर-जयनगर रेल सेवा तीन दिन बन्द हुने

नेपाल रेल्वे कम्पनी लिमिटेडले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जनकपुर-जयनगर खण्डमा सञ्चालन हुँदै आएको रेल सेवा तीन दिन पूर्ण रूपमा बन्द रहने जनाएको छ।

कम्पनीको केन्द्रीय कार्यालय जनकपुरधामद्वारा आज जारी सूचनाअनुसार यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा शान्तिसुरक्षा प्रत्याभूति गराउने उद्देश्यले फागुन १९ गते मङ्गलबारदेखि फागुन २१ गते बिहीबारसम्म (तीन दिन) भङ्गाहा-जनकपुर-जयनगर खण्डमा सञ्चालित रेल सेवा बन्द रहने जनाइएको हो।

उक्त अवधिमा यात्रुलाई पर्न जाने असुविधाप्रति कम्पनीले क्षमायाचना गर्दै सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध गरेको छ।

साथै फागुन २२ गते शुक्रबारदेखि साविक बमोजिम नियमित रेल सेवा सञ्चालनमा आउने सूचनामा उल्लेख गरिएको छ। रेल सेवा बन्द रहने अवधिमा यात्रुलाई वैकल्पिक यातायातको व्यवस्था गर्न कम्पनीले अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *