महानगर यातायात प्रा.लि.ले आफ्नो सेवा काठमाडौँ उपत्यकाबाहिर विस्तार

 महानगर यातायात प्रा.लि.ले आफ्नो सेवा काठमाडौँ उपत्यकाबाहिर विस्तार गरेको छ।

कम्पनीले शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा पोखरा, चितवन जिल्ला र भैरहवामा २० वटा विद्युतीय माइक्रोबसमार्फत सेवा सुरू गरिएको जानकारी दिएको हो।

कम्पनीका अध्यक्ष सन्तोष खतिवडाले यात्रुको मागअनुसार बस सङ्ख्या क्रमशः बढाउँदै लैजाने तथा अन्य शहरमा समेत सेवा विस्तार गर्ने योजना रहेको बताए।

उनले छिट्टै काठमाडौंलाई अन्य प्रमुख शहरसँग सहज रूपमा जोड्ने गरी ठूला विद्युतीय बस सञ्चालनमा ल्याउने तयारी भइरहेको पनि जानकारी दिए।

त्यसैगरी, निकट भविष्यमा कम्पनीलाई पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गर्ने योजना रहेको समेत उनले उल्लेख गरे।

दश वर्षदेखि काठमाडौँमा सेवा दिँदै आएको कम्पनीले यसअघि १०१ वटा बसमार्फत सेवा सञ्चालन गर्दै आएको थियो।

कम्पनीका बसहरू काठमाडौँको चक्रपथ क्षेत्रमा तथा थानकोटदेखि धुलिखेलसम्म सञ्चालन हुँदै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *