अभिनेत्री नीति शाहले याञ्चित राणासँग विवाह गरेकी छिन्। गत वैशाखमा कानुनी बिहे गरेका उनीहरुको शुक्रबार धार्मिक विधिअनुसार बिहे भएको हो।
ललितपुरको प्लाजा होटलमा उनीहरुको विवाह समारोह चलिरहेको छ। जहाँ दुवैका परिवारसहित आफन्त र सेलिब्रेटी सहभागी छन्।
एरोस्पेस इन्जिनियर रहेका राणासँग नीतिको २ वर्षदेखि प्रेमसम्बन्धमा थिइन्। केही दिनदेखि उनीहरुको बिहेका समारोहहरु भइरहेका रहेका छन्।
यसअघि नीतिले ३ फरक फरक ठाउँमा समारोह हुने बताएकी थिइन्। सोहीअनुसार स्वयम्बर द प्लाजामा, संगीत र ककटेल पार्टी दरबारमार्गमा र रिसेप्सन पार्टी आर्मी अफिसर्स क्लबमा हुन लागेको हो।
आइतबार हुने रिसेप्सन पार्टीमा चर्चित कलाकारदेखि संचारकर्मीहरू लगायतलाई निम्तो दिइएको बताइएको छ।
नीति सन् २०१७ की ‘मिस नेपाल इन्टरन्यासनल’की विजेता हुन् ।
