मेटलाइफ इन्क लगातार सातौँ वर्ष फर्च्युन वर्ल्डस् मोस्ट एड्मायर्ड कम्पनिजको सूचीमा सूचीकृत भएको छ। सन् २०२६ का लागि मेटलाइफले जीवन तथा स्वास्थ्य बिमा उद्योगमा पहिलो स्थान हासिल गरेको हाे ।
फर्च्युन कोर्न फेरीले २५ वर्षभन्दा बढी समयदेखि सहकार्य गर्दै फर्चुन वर्ल्डस् मोस्ट एड्मायर्ड कम्पनिज सूचीमार्फत कम्पनीहरूको कर्पोरेट प्रतिष्ठाको पहिचान र मूल्यांकन गर्दै आएका छन्।
“करिब १६० वर्षदेखि मेटलाइफले मानिसहरूलाई आत्मविश्वासका साथ अघि बढ्न सहयोग गर्दै आएको छ” मेटलाइफका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत मिशेल खलाफले भने, “यो मान्यताले हाम्रो व्यवसायको मजबुती, हाम्रा सहकर्मीहरूको समर्पण तथा विश्वभरिका हाम्रा ग्राहक, सहकर्मी र समुदायका लागि मूल्य सिर्जना गर्ने हाम्रो अटल प्रतिबद्धतालाई झल्काउँछ ।”
यसका लागि शीर्ष कार्यकारी, निर्देशक तथा वित्तीय समुदायका सदस्यहरूलाई आफ्नै उद्योगभित्रका कम्पनीहरूलाई नौवटा मापदण्डका आधारमा मूल्यांकन गरिन्छ। ती मापदण्डहरूमा नवीनता, दीर्घकालीन लगानी मूल्य, वित्तीय सुदृढता तथा प्रतिभा आकर्षित र कायम राख्ने क्षमता समावेश छन्।
मेटलाइफले यसअघि सन् २०२५ मा १०औँ स्थानमा रहँदै लगातार दोस्रो वर्ष फर्चुन वर्ल्डस् २५ बेस्ट वर्कप्लेस सूचीमा समावेश हुनुका साथै ३३ बजारमा ग्रेट प्लेस टु वर्कको प्रमाणपत्र प्राप्त गरेको थियो।
