काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार २.९ म्याग्निच्युडको भूकम्प गएको हो।
केन्द्रका अनुसार बुधबार साँझ ७:२४ बजेको समयमा काठमाडौँको मातातीर्थ केन्द्रविन्दु भएर भूकम्प गएको हो।
यो कम म्याग्निच्युडको भूकम्प भए पनि केन्द्रविन्दु जमिनको सतहभन्दा कम गहिराइमा रहेका कारण उपत्यकाका धेरैजसो स्थानमा धक्का महसुस गरिएको थियो। भूकम्पबाट हालसम्म कुनै भौतिक वा मानवीय क्षतिको विवरण प्राप्त भएको छैन।
