रविविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्धा फिर्ता

महान्यायाधीवक्ताको कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धका सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिएको छ। बुधबार महान्यायाधीवक्ता सविता भण्डारीले विभिन्न जिल्लामा चलिरहेका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग  फिर्ता लिन सम्बन्धित जिल्लाका जिल्ला सरकारी वकिल कार्यालयलाई स्वीकृति प्रदान गरेकी हुन्।

लामिछानेले आफूलाई राजनैतिक प्रतिशोध साँध्ने नियत राखी अभियोजन गरेको भन्दै निवेदन दिएकोकाले लामिछाने प्रतिवादी भएको मुद्दाहरूमा कास्की, काठमाडौँ, रुपन्देही र पर्सा जिल्ला अदालतमा दायर अभियोगअन्तर्गत संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग दावी लामिछानेको हकमा कायम नहुनेगरी अभियोग  संशोधन हुनेगरीगरी स्वीकृति दिने निर्णय गरिएको निर्णयमा उल्लेख छ।

भण्डारीले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम अभियोग संशोधनको निर्णय गरेकी हुन्।

महान्यायाधीवक्ताको निर्णयपछि अब मुद्दा फिर्ताका लागि सम्बन्धित जिल्लामा निवेदन गर्नुपर्नेछ। कास्की, काठमाडौँ, रुपन्देही र पर्साका जिल्ला सरकारी वकिल कार्यालयलाई  आवश्यक कारवाही अगाडि बढाउन निर्णयको प्रतिलिपिसहित लेखी पठाउने निर्णय महान्यायाधीवक्ताले गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *