रेलमाथि क्रेन खस्दा कम्तीमा २२ जनाको मृत्यु, घाइते ८० मध्ये अधिकांश गम्भीर 

 थाइल्याण्डमा ६५ फिट माथिबाट उच्च गतिको यात्रुवाहक रेलमाथि क्रेन खस्दा कम्तीमा २२ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार दुर्घटनामा २२ जनाको मृत्यु हुँदा ८० यात्रु घाइते भएका छन् । 

घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको बताइएको छ। रेलवे पुल निर्माणमा क्रेन प्रयोग भइरहेको थियो। दुर्घटनाको समयमा रेलमा १९५ जना सवार थिए। अधिकारीहरूका अनुसार अधिकांश यात्रुहरू स्कूलका विद्यार्थीहरू थिए

क्रेन खस्दा रेलको झ्याल फुटेको थियो भने रेल क्षतिग्रस्त भएको थियो । रेल पटरीबाट खस्ने बित्तिकै रेलमा आगो लागेको थियो । उद्धार टोलीले घाइते यात्रुहरूलाई उद्धार गरेर नजिकैका अस्पतालहरूमा लगेको छ ।

दुर्घटनाको समयमा रेल लगभग १२० किलोमिटर प्रतिघण्टाको गतिमा यात्रा गरिरहेको थियो । 

घटनास्थलमा रहेका एक स्थानीय बासिन्दाले एएफपी समाचार एजेन्सीलाई बताएअनुसार उनले ठूलो आवाज सुनेका थिए र त्यसपछि दुईवटा विस्फोट भएका थिए।

“के भएको थियो भनेर हेर्न जाँदा, मैले एउटा यात्रुवाहक रेलमा क्रेन पल्टिएको देखेँ। क्रेनबाट धातुको एउटा टुक्रा रेलको बीचमा ठोक्कियो र यसलाई दुई टुक्रा पार्यो,” बासिन्दाले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *