एन्फाको बार्षिक बजेट पारित

 अखिल नेपाल फुटबल संघ (एन्फा) ले आर्थिक बर्ष २०८२–८३ का लागि बजेट पारित गरेको छ ।

बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बसेको कार्यसमितिको बैठकले आर्थिक बर्ष २०८२–८३ का लागि एक अर्ब ५६ करोड १७ लाख ८५ हजार १३ रुपैयाँको बजेट पारित गरेको हो ।

त्यस्तै बैठकले आर्थिक बर्ष २०८१८२ को संघको लेखा परिक्षण प्रतिवेदन पारित गरेको प्रवक्ता सुरेश शाहले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *