राष्ट्रपतिद्धारा माघ ४ गतेका लागि राष्ट्रियसभाको अधिवेशन आह्वान

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको अधिवेशन आव्हान गरेका छन् ।

सरकारको सिफारिसमा यही माघ ४ गते आइतबार बिहान ११ बजे संघीय संसद सचिवालय, सिंहदरबारमा राष्ट्रियसभाको अधिवेशन आव्हान गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

यसअघि सोमबार दिउँसो बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रियसभाको अधिवेशन आह्वान गर्न सिफारिस गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *