कुलमान घिसिङ समानुपातिक सूची बुझाउन पाउनुपर्ने माग राख्दै अदालत जाने तयारीमा

कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी (उनेपा) समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाउन पाउनुपर्ने माग गर्दै अदालत जाने तयारीमा छ।

पार्टीका केन्द्रीय सदस्य जितराम लामाका अनुसार, उनेपाले समयमै दल दर्ता गरिसकेको छ र समानुपातिक सूची बुझाउन ५० हजार तिरेर रसिदसमेत लिइसकेको छ । तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगको एकता भङ्ग भएपछि आफ्नो छुट्टै सूची बुझाउने विषयमा आयोगले अहिलेसम्म कुनै निर्णय गरेको छैन।

आयोगसँग निवेदन दिइसके पनि उनीहरूलाई समय बितेको भन्दै फर्काइएको थियो। आयोगले दलहरूलाई पुस १३ र १४ गतेसम्म समानुपातिक सूची बुझाउन समय दिएको थियो, तर उनेपाले पुस १४ गते रास्वपासँग सहमति गरेर सूची समेटेको थियो। अब उनेपा आफ्नो सूची अलग तरिकाले पेश गर्न अदालतको माध्यम खोज्दै छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *