भृकुटीमण्डपमा काँग्रेसको विशेष महाधिवेशन सुरु

 नेपाली काँग्रेसको विशेष महाधिवेशन सुरु भएको छ।

पार्टीभित्र चर्को आन्तरिक विवादकाबीच काठमाडौँको भृकुटीमण्डपमा महाधिवेशन सुरु भएको हो । आज र भोलि दुई दिन हुने महाधिवेशनमा भोलि बन्द सत्र हुने बताइएको छ ।

शंकरदेव क्याम्पस, ललितपुरको कुपण्डोल लगायत ठाउँबाट र्‍यालीसहित प्रतिनिधिहरू पुगेका छन् । र्‍यालीमा सहभागी नेता तथा कार्यकर्ताहरूले नेतृत्व परिवर्तन हुनुपर्ने माग राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *