सडक दुर्घटना न्यूनीकरणका लागि सबैले जिम्मेवारीवोध गरौँ: उपप्रमुख डङ्गोल

काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले सडक दुर्घटना न्युनिकरणका लागि सबैले जिम्मेवारीवोध गर्न जरुरी रहेको बताएकी  छिन् । शनिवार ट्राफिक सप्ताह तथा दुर्घटना न्युनिकरण विशेष अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।

उनले सडक दुर्घटनाका कारण वर्षेनी २ हजार बढीलेज्यान गुमाइरहेको भन्दै यसबारे चालक, पैदल यात्री, अभिभावक सबै जिम्मेवार हुनुपर्ने बताइन् । आर्थिक वर्ष २०८०–०८१ मा सडक दुर्घटनाको कारणले गर्दा मृत्यु हुनेको स्ंख्या २ हजार ३ सय ६९ जनाको ज्यान गएको र आर्थिक वर्ष २०८१–०८२ मा सडक दुर्घटनाका कारण मृत्यु हुनेको संख्या २ हजार ५ सय ४६ जनाको ज्यान गएको उनले बताइन् । 

सडक दुर्घटना घटाउने प्रतिवद्धता जनाएपनि वर्षेनी दुर्घटना बढिरहेको भन्दै उपप्रमुख डंगोलले टिप्पर ड्राभइरले लापरवाही गरेर सवारीसाधन चलाइरहेको गुनासाे गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *