रोल्पामा १८ तीर्थालु सवार जीप भीरबाट खस्यो

रोल्पामा तीर्थालु सवार जीप दुर्घटना भएको छ ।

जिल्लाको थवाङ गाउँपालिकास्थित जलजलामा जीप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

रुकुमपूर्वबाट शुक्रबार जलजलामा लाग्ने वैशाख पूर्णिमाको मेला भर्ना आएकाहरू जीपमा सवार रहेको बुझिएको इलाका प्रहरी कार्यालय थवाङका प्रमुख प्रहरी निरीक्षक रामचन्द्र बागालेले बताए ।

उनका अनुसार जीपमा १८ जना सवार थिए । घटनास्थलमा उद्धार टोली पुगेको भए पनि भारी वर्षाका कारण उद्धारकार्य प्रभावित भएको छ । भीरबाट खसेको जीप अझै फेला पार्न नसकिएको बगालले बताए ।

उनका अनुसार घटनामा केही हताहती भएको आशंका छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.