नेपाल विद्यार्थी संघ रत्न राज्यलक्ष्मी क्याम्पस इकाइको सचिवमा बैतडीका सन्तोष पन्त मनोनित

नेपाल विद्यार्थी संघ रत्न राज्यलक्ष्मी क्याम्पस इकाइले बैतडीका सन्तोष पन्तलाई सचिव पदमा मनोनित गरेको छ। संघको विधान २०२७ को सातौँ संशोधन २०७५ अनुसार गरिएको निर्णयमार्फत उनलाई उक्त जिम्मेवारी प्रदान गरिएको हो।

मनोनयनपत्रमा पन्तले संगठनको विधि, विधान र मर्यादालाई आत्मसात् गर्दै क्याम्पस इकाइलाई सक्रिय र प्रभावकारी बनाउने अपेक्षा राखिएको उल्लेख छ। संघले उनको नेतृत्वमा इकाइ थप गतिशील हुने विश्वास व्यक्त गरेको छ।

यस निर्णयको बोधार्थ रत्न राज्यलक्ष्मी क्याम्पस, प्रदर्शनीमार्ग, काठमाडौँ तथा नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यालय, अनामनगर, काठमाडौँमा पठाइएको छ।

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.