स्वास्थ्य मन्त्री निशा मेहतासँग ३० तोला सुन र ५० तोला चाँदीका गरगहना रहेको पाइएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उक्त विवरण उल्लेख गरिएको हो।
सार्वजनिक विवरणअनुसार मन्त्री मेहतासँग ३० तोला सुन र ५० तोला चाँदीका गरगहना रहेको देखिएको छ। उक्त सम्पत्तिको स्रोतका रूपमा दाइजो, उपहार तथा आफैंले खरिद गरेको उल्लेख गरिएको छ।
जग्गाजमिनतर्फ मन्त्री मेहताको काठमाडौंको सौखेलमा ७ आना जग्गा रहेको विवरणमा जनाइएको छ। उक्त जग्गाको स्रोतका रूपमा श्रीमान्, आफ्नो तलब तथा ऋण उल्लेख गरिएको छ।
बैंक मौज्दाततर्फ उहाँको माछापुच्छ्रे बैंकमा ७ लाख २३ हजार ५३५ रुपैयाँ र सानिमा बैंकमा १० लाख रुपैयाँ रहेको विवरणमा उल्लेख गरिएको छ।
त्यसैगरी मन्त्री मेहतासँग करिब २५ लाख रुपैयाँ मूल्य पर्ने ब्रान्ड i10 गाडी रहेको देखिएको छ। उक्त गाडीको खरिद मूल्य पनि करिब २५ लाख रुपैयाँ रहेको विवरणमा जनाइएको छ।
प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएसँगै स्वास्थ्य मन्त्री मेहताको सम्पत्तिबारे पनि सार्वजनिक चासो बढेको छ।
