मन्त्री सिता बादीको सम्पत्ति २० वटा कुखुरा र एउटा कुकुर, अरु कती ?

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सिता बादीले १८ तोला सुन भएको सम्पत्ति विवरण बुझाएकी छन् ।

आज सार्वजनिक भएको प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण अनुसार मन्त्री बादीले विवाहमा प्राप्त भएको १८ तोला सुन रहेको बताएकी हुन् । साथै चाँदी १५ तोला र ५० हजार नगद रहेको उनले उल्लेख गरेकी छन् ।

उनले एनआईसी एसिया र प्रभु बैंकमा १५ लाख नगद मौज्दात रहेको विवरण बुझाएकी छन् । आफ्नो र श्रीमानको नाममा स्कुटर र मोटरसाइकल एक–एक थान रहेको विवरण पनि उनले बुझाएकी छन् ।

साथै २० वटा कुखुरा र एउटा कुकुर रहेको विवरण पनि उनको सम्पत्ति विवरणमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *