सरकारले नागढुंगा सुरुङ प्रयोग गरेबापत सर्वसाधारणले तिर्नुपर्ने दस्तुर दर सार्वजनिक गरेको छ ।
यस्तो दर २६ साउन २०८२ मा तय भएको थियो ।
सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै बिहीबार दस्तुर दर सार्वजनिक गरेको हो ।
सार्वजनिक दर अनुसार कार, भ्यान, पिकअप, ट्रयाक्टर, माइक्रोबस र अन्य हलुका सवारीले काठमाडौं छिर्दा ६५ रुपैयाँ र काठमाडौंबाट प्रस्थान गर्दा ६० रुपैयाँ तिर्नुपर्ने छ ।
मिनीबस, मिनी ट्रिपररट्रकले काठमाडौं आउँदा ११५ रुपैयाँ र काठमाडौंबाट प्रस्थान गर्दा ८० रुपैयाँ तिर्नुपर्छ ।
बस, ट्रक (सिंगल रियर एक्सल) को हकमा काठमाडौं छिर्दा २६० रुपैयाँ र बाहिरिँदा २ सय रुपैयाँ दस्तुर तोकिएको छ ।
मल्टी एक्सल ट्रकरसवारी साधन र भारी उपकरणलाई भित्र छिर्दा ६ सय रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ दस्तुर तोकिएको छ ।
