गुल्मी जीप दुर्घटनामा दुई जनाको मृ*त्यु, ११ घाइते

गुल्मी दरबार गाउँपालिका –४ मिसुका स्थित भित्री कच्ची सडकमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् । बिरबासबाट मिसुका तर्फजादै गरेको चालक शेरबहादुर ढेंगाले चलाएको लु १ च ४९०६ नम्बरको बलेरो पिकअप जिप ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । 

जिप स्थानीय  फुलमाया श्रेष्ठको घरमा ठोकिन गई दुर्घटना भएको थियो । दुर्घटनाटना गुल्मी दरवार गाउँपालिका –४ बिरबास मिसुकाको ३५ बर्षिया कृष्णा ढेगा र ४० बर्षिया मिना सनामीको मृत्यु भएको गुल्मी प्रहरीले जनाएको छ । दुर्घटनामा गुल्मीदरबार गाउँपालिका ४ मिसुका बस्ने ४० बर्षिया जमुना ढेगा, ४५ बर्षिया सुमित्रा ढेगा, ३६ बर्षिया पार्वती ढेगा, ३० बर्षिया पम्फा ढेगा, ४० बर्षिय जमुना ढेगाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिनुभयो । 

त्यस्तै, सोही स्थानकै ४४ बर्षिया खगी ढेगा, २४ बर्षिया निर्मला ढेगा, ८ बर्षिया चाया ढेगा, ३१ बर्षिया माया ढेगा र ५५ बर्षिया नैना ढेगा शरिरको अबस्थामा मध्यम रहेको प्रहरी नायब उपरीक्षक सारुले बताउनुभयो । घाइतेको शृङ्गा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *