सेनालाई मन्त्रीको सुरक्षामा होइन, सीमा रक्षामा खटाउनुपर्छ : हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सांसद हर्क साम्पाङले नेपाली सेनालाई मन्त्रीहरूको सुरक्षामा नभई देशको सीमा रक्षा र विपद् व्यवस्थापनमा खटाउनुपर्ने बताएका छन् । साम्पाङले नेपाली सेनाको मुख्य दायित्व राष्ट्रको सार्वभौमसत्ता र सीमा रक्षा भएको बताएका छन् ।

‘सैनिकलाई सीमा रक्षामा खटाउनुपर्ने हो ।’ सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले भने, ‘मन्त्रीहरूको सेक्युरिटी गर्ने, गाडीको ढोका खोल्दिने काममा उनीहरूलाई राख्नु हुँदैन ।’

नेता र मन्त्रीहरूको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल रहेको भन्दै उनले सेनालाई यस्तो काममा अल्झाउन नहुने बताए । ठुला प्राकृतिक प्रकोप र विपद्को समयमा भने सेनाले उद्धार तथा व्यवस्थापनमा सक्रिय भूमिका खेल्नुपर्ने उनको भनाइ छ ।

पछिल्लो समय सामाजिक सञ्जालमा आफूमाथि निरन्तर भइरहेका आक्रमण र साइबर थ्रेटका विषयमा सोधिएको प्रश्नमा साम्पाङले त्यसलाई सामान्य रूपमा लिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *