इरानमा पक्राउ परेका अमृत झा सकुशल : परराष्ट्र मन्त्रालय

परराष्ट्र मन्त्रालयले इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झा सकुशल रहेको जनाएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले झालाई हाल इरानको कारागारमा राखेर मुद्दा चलिरहेको जानकारी दिए । उनका अनुसार झा मध्यपूर्वमा तनाव शुरू हुनुभन्दा पहिले नै पक्राउ परेका हुन् ।

‘सम्बन्धित अदालतबाट निर्णय हुन बाँकी छ, सजायबारे अहिले केही भन्न सक्ने अवस्था छैन,’ क्षेत्रीले भने, ‘परराष्ट्र मन्त्रालयले थप जानकारी लिने प्रयास गरिरहेको छ। एकजना वकिलले भेटिसक्नु भएको छ र उहाँ सुरक्षित हुनुहुन्छ ।’

एक जना नेपालीको मृत्यु भएको र २१ जना घाइते भएको मन्त्रालयले जनाएको छ ।

घाइतेमध्ये अधिकांशले सामान्य उपचारपछि फर्किएको बताइएको छ । हालसम्म ११ जना नेपाली पक्राउ परेको जानकारी प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *