पत्रकार दिलभूषण पाठकले विद्युतीय कारोबार ऐन (साइबर क्राइम) सम्बन्धी मुद्दामा सफाइ पाएका छन्।
हिल्टन होटलमा शेरबहादुर देउवाको परिवारको लगानी रहेको विषयका सामग्री प्रशारण गरेका कारण उनीविरुद्ध साइबर क्राइमको मुद्दा दायर भएको थियो।
जुन मुद्दामा अन्तिम सुनुवाइ गर्दै बुधबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुषालको इजलासले पाठकविरुद्धको रिट खारेज गरिदिएको हो।
कांग्रेस पूर्वसभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाले दिएको उजुरीका आधारमा प्रहरीले पाठकमाथि अनुसन्धान गरेर मुद्दा दायर गरेको थियो।
तर प्रहरीको दाबी नपुग्ने भन्दै पत्रकार पाठकलाई सफाइ दिएको छ।
