युवा संघ ललितपुर जिल्ला अध्यक्ष रामशरण शर्मा बजगाईँ पक्राउ

एमालेको भातृ संस्था राष्ट्रिय युवा संघ ललितपुर जिल्ला अध्यक्ष रामशरण शर्मा बजगाई पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर ललितपुरले मंगलबार गोदावारी नगरपालिका–१०, टाखेल निवासी ३० वर्षीय बजगाईलाई पक्राउ गरेको हो । उनी जेष्ठ नागरिकमाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार बजगाईले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई रिहा गर्न जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएर फर्किने क्रममा, लगनखेलस्थित पाटन मानसिक अस्पताल अगाडि सडकपेटीमा रहेका जेष्ठ नागरिकलाई धक्का हानेका थिए । ती वृद्धाहरूले त्यसअघि एमाले नेता र कार्यकर्तामाथि नकारात्मक टिप्पणी गरेका थिए ।

सार्वजनिक भएको भिडिओका आधारमा उनलाई पक्राउ गरिएको भए पनि उजुरी अहिलेसम्म परिसकेको छैन । उजुरी परेपछि प्रहरीले म्याद थप गरी अनुसन्धान अघि बढाउने तयारी गरेको छ । बजगाईलाई जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *