महेश बस्नेतविरुद्ध पक्राउ अनुमति माग अस्वीकार, मिसिल फिर्ता

नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध पक्राउ अनुमति माग गरिएको मिसिल जिल्ला अदालतले फिर्ता गरेको छ ।

धादिङकी शोभा पाठकले यसअघि तामेलीमा राखिएको मुद्दामा पक्राउ अनुमति माग गर्दै जिल्ला प्रहरी परिसर भद्रकालीमा निवेदन दिएकी थिइन् । सोही आधारमा प्रहरीले पुनः अनुमति माग्दै मिसिल अदालतमा पेश गरेको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालय स्रोतका अनुसार न्यायाधीश ध्रुव कार्कीको इजलासमा उक्त मिसिल पेश हुँदा पक्राउ अनुमति नदिइएको हो ।

पहिल्यै तामेलीमा राखिएको मुद्दामा पुनः पक्राउ अनुमति दिन नमिल्ने ठहर गर्दै जिल्ला अदालतले मिसिल फिर्ता गरेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *