रवि लामिछानेको अभियोग फिर्ता गर्ने निर्णयविरुद्धको मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुने

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगीसँगै दायर भएको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोगपत्र फिर्ता गर्ने निर्णयविरुद्ध परेको रिट निवेदन पूर्ण इजलासमा पठाउने आदेश दिएको छ।

न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले प्रारम्भिक सुनुवाइपछि उक्त मुद्दा पूर्ण इजलासमा सुनुवाइका लागि पठाउने आदेश दिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ।

पूर्वमहान्यायाधिवक्ता सविता भण्डारी बरालले केपी शर्मा ओली नेतृत्वको सरकारको समयमा लामिछानेविरुद्ध दायर गरिएको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता गर्ने निर्णय गरेकी थिइन्।

उक्त निर्णयविरुद्ध युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए।

अब उक्त मुद्दामा पूर्ण इजलासले अन्तिम सुनुवाइ गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *