पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन सरकारी वकिलले माग गरेको छ ।
जिल्ला अदालतमा जारी बहसमा ओली र लेखक पक्षका वकिलहरूले थुनामा राख्न आवश्यक नभएको भन्दै जवाफी बहस गरिरहेका छन् । जरुरी पक्राउ पुर्जीको समर्थनको निवेदन र १० दिन म्याद थप गरी अनुसन्धान गर्नुपर्ने भनी आजै जिल्ला अदालत काठमाडौंमा आज दुईवटा निवेदन परेको थियो ।
लेखक स्वयं अदालतमा उपस्थित भएका छन् भने अस्पतालमा रहेका ओली भिडियोबाट जोडिएका छन् ।
